अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैनः अध्यक्ष ओली

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताउनुभएको छ ।

यस अवस्थालाई थप विग्रन नदिएर देशलाई कमसेकम स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न सक्ने बनाउन आन्दोलनको विकल्प नभएको अध्यक्ष ओलीले बताउनुभयो । पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीनजना सदस्यहरुलाई आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा शपथ ग्रहण गराउनुहुँदै उहाँले आन्दोलनको तयारी गर्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ । देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ । देशमा कोही पनि बोल्नै नसक्ने गरी राज्य आतङ्क सिर्जना गरिएको, गुण्डाराज चलिरहेको र सरकार बेलगाम फासीवादतर्फ अगाडि बढिरहेको छ,’ उहाँले बताउनुभयो ।

नेकपा (एमाले) समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई आफ्नो गन्तव्य बनाई आधुनिक नेपाल निर्माणको महान् लक्ष्य लिएर अगाडि बढिरहेको हुँदा देशलाई अहिलेको ‘क्रिटिकल’ अवस्थाबाट पार लगाउनुपर्ने अभिभारा पनि पार्टीको काँधमा आएको अध्यक्ष ओलीले बताउनुभयो ।

उहाँले पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध र अनुशासित ढङ्गले अगाडि बढ्दामात्र कार्यकर्तामा उत्साह भर्न सकिने, जनतामा एमालेप्रतिको आकर्षण फर्काउन सकिने र उपरोक्त अभिभारा पूरा गर्न सकिने प्रष्ट पार्नुभयो ।

गत बर्ष फागुन २१ मा भएको निर्वाचन– चुनाव नभई प्रतिगमनको योजनाबद्ध दोस्रो श्रङ्खला भएको बताउँदै अध्यक्ष ओलीले नेकपा (एमाले) सत्य, न्याय, देश र जनताको पक्षमा रहेकाले आगामी स्थानीय तहको निर्वाचनमा विजय प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु इस्तियाक राई, इन्दु कडरिया विष्ट र पुष्पा केसी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो ।

कार्यक्रम महासचिव शंकर पोखरेल सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा उपमहासचिव योगेश भट्टराई, सचिव भानुभक्त ढकाल, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु रिमाल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित