एसईई परीक्षा आवेदन फारम खुला

काठमाडौँ, ११ कार्तिक । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ को लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरूको रजिस्ट्रेशन फारम भर्ने र भराउने सम्बन्धी सूचना प्रकाशित गरेको छ । 

शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीहरूले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेभित्र रजिस्ट्रेशन फारम भरिसक्नुपर्नेछ । प्रतिविद्यार्थी ३ सय रुपैयाँ राजस्व शुल्क तोकिएको छ ।

 त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षाका लागि परीक्षा आवेदन फारम भर्ने तथा भराउने सम्बन्धी छुट्टै सूचना पनि जारी गरेको छ ।

यसअनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले २०८३ कात्तिक ०१ गतेदेखि मङ्सिर ०८ गतेभित्र तोकिएको परीक्षा दस्तुर (५०० रुपैयाँ) बुझाई आवेदन फारम भर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपालले जलवायु विपद् पूर्वतयारीका लागि ‘एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय

काठमाडौँ, ११ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएका जटिल विपद्हरू न्यूनीकरण गर्न

काठमाडौँ, ११ कार्तिक । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विवादास्पद अभिव्यक्ति दिएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न

काठमाडौँ, ११ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को समेत प्रभाव