आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति दीपकराज गिरीको आपत्ति

काठमाडौँ, ११ कार्तिक । कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमा आफूविरुद्ध चलाइएको ‘बहिष्कार’ अभियानप्रति आपत्ति जनाएका छन् । 

आफ्नो सामान्य भनाइलाई केही अतिवादी कार्यकर्ताहरूले बङ्ग्याएर र सम्पादन गरेर गलत व्याख्यासहित घृणा फैलाएको उनको भनाइ छ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत एक पोस्ट गर्दै गिरीले आफूले सधैँ भौतिक आक्रमणको विरोध र बौद्धिक बहसको वकालत गरेको समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘कसैलाई लखेट्नु, पिट्नु भगाउनु राम्रो होइन, यदि असहमति छ भने बौद्धिकताले लखेट्नु पर्छ भनेको यही नै थियो’, ‘तर मेरो अभिव्यक्ति लाई केहि अतिवादी कार्यकर्ताहरूले, अनेकौँ फुर्का थपेर, बिचका अंश सम्पादन गरेर, गलत व्याख्या लगाउँदै मेरो फोटो राख्दै बहिष्कारको नारा लगाउँदै सामाजिक सञ्जाल रङ्गाएको देख्दा ताजुब नै लाग्यो !’

पछिल्लो समय समाजका हरेक कुरामा जातीयता छिराउने र वर्षौँदेखिको सहिष्णुता खल्बलाउने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन्। कला र संस्कृति क्षेत्रमा समेत जातपात छिराएर घृणा फैलाउने प्रवृत्तिको आफू सदैव विपक्षमा उभिएको र भविष्यमा पनि उभिइरहने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित