गुवाहाटीमा गोली चल्दा पाँच जनाको मृत्यु

एजेन्सी, १० कार्तिक । भारतको असम राज्यको गुवाहाटीस्थित एक होटलमा गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

सोमबार राति करिब ९ बजे लाचित नगरस्थित होटल बिलास इनमा गोली चलेको हो । घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।

घटनामा दुई महिलासहित होटलका एक कर्मचारी पनि घाइते भएका छन् । असम प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

गुवाहाटीका प्रहरी आयुक्त पार्थ सारथी महन्तका अनुसार गोलीकाण्डमा ३२ बोरको लाइसेन्स प्राप्त पेस्तोल प्रयोग गरिएको थियो । प्रहरीले घटनास्थलबाट हतियार बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा