रुसको भोरोनेजमा ड्रोन आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी, १० कार्तिक । रुसको भोरोनेज सहरमा युक्रेनी ड्रोन आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर अलेक्जान्डर गुसेभका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म सहरमा ७० वटाभन्दा बढी ड्रोन खसालिएका थिए ।

गुसेभले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणमा दुई जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिएका हुन्। उनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। ड्रोनका अवशेष रेलमा खस्दा उपनगरीय क्षेत्रमा यात्रा गरिरहेका केही यात्रु घाइते भएका थिए । मृतकहरू कहाँ मारिएका थिए भन्नेबारे भने उनले खुलाएका छैनन्।

आक्रमणका कारण सहरको मध्य भागमा रहेको एउटा व्यापारिक केन्द्र र आवासीय भवनमा आगलागी भएको गभर्नरले बताए। औद्योगिक प्रतिष्ठानहरूमा पनि क्षति पुगेको भए पनि त्यसको विस्तृत विवरण दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ९ कार्तिक । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ४.३४

काठमाडौँ, ९ कार्तिक । झापाको मेचीनगर नगरपालिका-६ रमाईलो टोल बस्ने भीम कुमार केसीको घरबाट आज बिहान विभिन्न धनमाल चोरी भएको छ। 

काठमाडाैँ, ९ कार्तिक । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान गरिने ‘बेष्ट बैंक अवार्ड’