इजरायलमा आज आम निर्वाचन

एजेन्सी, १० कार्तिक । इजरायलमा आज (२७ अक्टोबर) आम निर्वाचन हुँदैछ ।

निर्वाचनको परिणामले वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सत्तामा कायम रहने वा देशमा नयाँ सरकार गठन हुने भन्ने तय गर्नेछ ।

सन् १९९६ देखि हालसम्मको बीचमा नेतान्याहु विभिन्न अवधिमा करिब १७ वर्षभन्दा बढी समय इजरायलको प्रधानमन्त्री भइसकेका छन् ।

उनका समर्थकहरुले उनलाई सुरक्षा मामिलामा बलियो नेताका रूपमा प्रस्तुत गर्दै आएका छन् । तर आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका बेला सुरक्षा व्यवस्थामा भएको कमजोरी र उनीमाथि लागेका भ्रष्टाचारसम्बन्धी आरोपलाई लिएर प्रश्न उठाउँदै आएका छन् ।

गाजामा युद्धका क्रममा भएका कथित युद्ध अपराधसम्बन्धी आरोपमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यसपटकको निर्वाचनमा नेतान्याहुलाई चुनौती दिन पूर्वसैनिक प्रमुख गादी आइजेनकोट आफ्नो नयाँ मध्यमार्गी पार्टी ‘याशर’सहित मैदानमा छन् । गाजामा युद्ध चलिरहेका बेला आइजेनकोटले आफ्ना छोरा गुमाएका थिए । त्यस्तै, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र नेतान्याहुका पूर्वसहयोगी तथा पूर्वकमाण्डो यायर लापिडले ‘टुगेदर’ गठबन्धनमार्फत सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा