तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १० कार्तिक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीनदिन (कार्तिक १२, १३ र १४ गते) उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै प्राधिकरणले बङ्गालको खाडीमा रहेको अर्नब चक्रवात थप शक्तिशाली बन्दै गएकोले तीन दिन सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणले सो चक्रवातका कारण कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने र यी प्रदेशका धेरै स्थानमा चट्याङ, हावाहुरीसहित मध्यमसम्मको र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत प्राधिकरणले जनाएको छ । साथै यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी तथा हिम पहिरोको उच्च जोखिम रहेको समेत जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को पहिलो खेलमा लुम्बिनी लायन्सले सहज जित हासिल गरेको छ

काठमाडौँ, ९ कार्तिक । फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ ।  ताप्लेजुङको

काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल प्रिमियर लिग (एनपीएल) केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको

काठमाडौँ, ९ कार्तिक । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौँमा सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा