‘कबड्डी–५’ को कमाइ पाँच करोड नाघ्यो

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ ।

गत शुक्रबार रिलिज भएको यो सिनेमाले तीन दिनमा पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । 

यो चलचित्रले सुरु दिनदेखि नै ठूलो संख्यामा शो पाएको छ । अधिकांश शो अग्रिम बुकिङमै हाउसफूल भइरहेका छन् ।  

‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि अघिल्ला सिरिजहरूकै कलेक्सनलाई निरन्तरता दिएको छ । 

चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायतको अभिनय छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । अभिनेता राजेश हमालले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले तीन दिनमा पाँच करोडको आकडा पार गरेको छ । गत

काठमाडौँ, ९ कार्तिक । चलचित्र ‘बाटुलो जून’को डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ ।  अनमोल केसी स्टारर चलचित्रको ‘अल्लारे

काठमाडौँ, १ कार्तिक । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित चलचित्र ‘कबड्डी ५’ सेन्सर पास भएको छ।  चलचित्र जाँच समितिले यस चलचित्रलाई सबैले