राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति ज्ञानेन्द्र शाहको गम्भीर चिन्ता

काठमाडौँ, ३० असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।   

विजया दशमी २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै  उनले भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा आएको भीषण बाढी तथा अविरल वर्षाका कारण ठुलो जनधनको क्षति भएको उल्लेख गरे । उनले शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताएका छन् ।   

देशको राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक र प्रशासनिक क्षेत्र अन्योलको स्थितिमा रहेको भन्दै प्रजातान्त्रिक विधि-प्रक्रियालाई सुदृढ बनाएर अर्थतन्त्र उकास्न सबै पक्ष गम्भीर हुनुपर्ने सन्देशमा उल्लेख छ।   नयाँ पुस्ताले जिम्मेवारी लिएर देशलाई आशावादी बनाउने विश्वास व्यक्त गर्दै उनले विभाजित होइन एकीकृत, र परनिर्भर होइन आत्मनिर्भर नेपाल निर्माणका लागि आह्वान गरेका छन्।   

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ असोज । प्रधानमन्त्री बालेन शाहले बडादसैँले विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै सबैको घरमा उत्सव र उमङ्ग ल्याउने

काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले

काठमाडौँ, ३० असोज । निर्वाचन आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा अद्यावधिकसम्बन्धी कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम

काठमाडौँ, ३० असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न