नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

काठमाडौँ, ३० असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका रूपमा अनुभूति गर्न सक्ने वातावरण तयार गर्न निर्देशन दिएका छन् ।

आज ७१औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रहरी र नागरिकबिचको सम्बन्ध विश्वास, सहकार्य र पारस्परिक सम्मानमा आधारित हुनुपर्ने बताए ।

नेपालको संविधान, प्रचलित कानुन र जनताको सेवाप्रति समर्पित रहँदै राष्ट्र र नागरिकको सुरक्षा, शान्ति सुव्यवस्था तथा अपराध नियन्त्रणमा प्रहरीले गरेको योगदानप्रति उहाँले सम्मान व्यक्त गरे।

मुख्यमन्त्री थापा मगरले मुलुकको विकास, समृद्धि र सुशासनको आधार शान्ति, सुरक्षा र कानुनी शासन भएकाले नागरिकले आफ्नो घरपरिवार, व्यवसाय, पेसा र दैनिक जीवन सुरक्षित रूपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको आधारभूत दायित्व भएको उनले उल्लेख गरे।

उनले भने, “अपराध अनुसन्धान, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन, महिला तथा बालबालिकाको सुरक्षा, मानव बेचबिखन नियन्त्रण, लागुऔषध नियन्त्रण, साइबर अपराधको अनुसन्धान र सार्वजनिक सम्पत्तिको संरक्षणलगायतका क्षेत्रमा नेपाल प्रहरीले निर्वाह गर्दै आएको भूमिका अत्यन्त महत्वपूर्ण छ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री