अन्तिम मतदाता नामावली सार्वजनिक

काठमाडौँ, ३० असोज । निर्वाचन आयोगले मतदाता नामावलीमा नयाँ नाम दर्ता तथा अद्यावधिकसम्बन्धी कार्य सम्पन्न गर्दै असोज ३० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा कायम रहेको अन्तिम मतदाता नामावलीमा महिला ९२ लाख ४० हजार १३१, पुरुष ९६ लाख ६३ हजार ३५८ र अन्य २०० गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए । उक्त निर्वाचन सम्पन्न भएपश्चात् आयोगले २०८२ चैत २२ गतेदेखि नियमित रूपमा मतदाता नामावलीमा नाम दर्ता गर्ने, विवरणमा रहेका त्रुटि सच्याउने, ठेगाना स्थानान्तरण गर्ने तथा मृत्यु भएका मतदाताको नाम हटाउनेलगायतका कार्य सञ्चालन गर्दै आएको थियो।

प्रकासित अन्तिम मतदाता नामावलीलाई सर्वसाधारणको सहज पहुँचका लागि आयोगको आधिकारिक वेबसाइट www.election.gov.np मा राखिएको छ। यसका साथै सातै प्रदेशगत, जिल्लागत, निर्वाचन क्षेत्रगत तथा स्थानीय तहगत सङ्ख्यात्मक विवरणसमेत वेबसाइटमा सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री