मोबाइल र नगद चोरी गर्ने पक्राउ

काठमाडौँ, २८ असोज । काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार र सोही ठाउँ घर भई माछापोखरी नै बस्ने १९ वर्षीय समिर तामाङ रहेका छन् । 

गौशाला वडा एरियामा घरभित्र छिरेर चोरी गरी भाग्दै गरेको अवस्थामा पक्राउ परेका उनीहरूको साथबाट चोरी गरिएका विभिन्न कम्पनीका ७ थान मोबाइल र १० हजार रुपैयाँ नगदसमेत बरामद गरिएको छ । 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशाला, काठमाडौँ पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि