ठगी र बैंकिङ कसुरमा फरार प्रतिवादी पक्राउ

काठमाडौँ, २८ असोज । काठमाडौँ जिल्ला अदालत बबरमहलबाट पक्राउ पुर्जी जारी भई फरार रहेकी ठगी मुद्दाकी प्रतिवादी नितु ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मंगलबार ललितपुर महानगरपालिका–२३ धापाखेलबाट उनलाई नियन्त्रणमा लिएको हो ।

सिरहाको लहान नगरपालिका–५ घर भई हाल ललितपुर महानगरपालिका–२३ धापाखेल बस्ने ४२ वर्षीया ठाकुर १५ लाख ७० हजार रुपैयाँ ठगी रकमको मुद्दामा फरार रहेकी थिइन् । सबिन तामाङको जाहेरीले वादी नेपाल सरकार भई चलाइएको उक्त कसुरमा पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ ।

अनुसन्धानका क्रममा उनमाथि अन्य बैंकिङ कसुरका मुद्दाहरू समेत रहेको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा २१ लाख ९० हजार, १८ लाख ५० हजार र १ लाख ६० हजार गरी जम्मा ४२ लाख रुपैयाँ बिगोमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भई फरार रहेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि