प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता

काठमाडौँ, २८ असोज । संयुक्त अधिराज्य (बेलायत)को औपचारिक भ्रमण सकेर प्रधान सेनापति अशोक राज सिग्देल स्वदेश फर्किएका छन् ।

आज नेपाल फर्किएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ्ग के.सी. ले स्वागत गरेका गरे ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेलायतका सेनाध्यक्ष  जनरल सर रोली वाल्कर लगायत त्यहाँका उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेटघाट गरेका थिए ।

सेनापतिले वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलको भ्रमण गर्नुका साथै त्यहाँ सञ्चालित अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षण समेत गरेका थिए । 

सो अभ्यासमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल नेपाली सैनिक टोलीका सकलदर्जालाई सिग्देलले ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि