अब हुलाक सेवामार्फत घरमै नेपाल टेलिकमका सिमकार्ड पाइने

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् । 

आजदेखि नेपाल टेलिकम र हुलाक सेवा विभागको सहकार्यमा उक्त सेवा सुरु गरिएको हो । हुलाक सेवा विभागमा आयोजित कार्यक्रमबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले यो सेवाको शुभारम्भ गरेका हुन्। मन्त्री तिमल्सिनाले स्वयं हुलाक सेवामार्फत सिमकार्ड ग्रहण गर्दै सेवाको सुरुआत गरेका हुन्।

सेवा शुभारम्भ गर्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको देशव्यापी सञ्जालको उपयोग गरी सिमकार्ड वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

हुलाकको क्षमता र सीमाबारे चर्चा गर्दै उनले भने, ‘आफ्नो स्ट्रेन्थको अधिकतम उपयोग गरेर तय गरिएको समयभन्दा अगाडि नै पुर्‍याउने कोसिस गर्नुहोला । हामी विस्तारै हुलाक सेवालाई थप प्रभावकारी बनाउँदैछौँ र यसको क्षमता विस्तार गर्दैछौँ । भोलिका दिनमा एक-दुई दिनमा नभई केही घण्टामै डेलिभरी गर्न सक्ने गरी क्षमता अभिवृद्धि गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि