करिब १ सय ३६ किलोग्राम गाँजासहित एक जना पक्राउ

काठमाडौँ, २८ असोज । चितवनमा १ सय ३६ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्रामसहित मकवानपुर भीमफेदी गाउँपालिका–४ पान्द्राङ बस्ने २७ वर्षीय रन्जित सुनारलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले काठमाडौँबाट पथलैयातर्फ जाँदै गरेको ना.५ ख ८६७६ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रन्जितलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि