युवकको हत्या अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २८ असोज । काठमाडौँको कलङ्कीमा कुटपिट गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

प्रहरीका अनुसार काठमाडौँ खसी बजार बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ घर भएका १८ वर्षीय रोशन पाख्रिनको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय रूपेश पाख्रिनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित विवादका क्रममा रूपेशले कुटपिट गर्दा गम्भीर घाइते भएका रोशनको कलङ्की शहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले घटनाको थप अनुसन्धानका लागि अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ असोज । नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जेख्यङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । 

काठमाडौँ, २८ असोज । नेपाल टेलिकमका ग्राहकले अब कम्पनीको सिमकार्ड हुलाक सेवामार्फत घरमै प्राप्त गर्न सक्ने भएका छन् ।  आजदेखि नेपाल

काठमाडौँ, २८ असोज । नेपालका लागि गैरआवासीय राजदूतका रूपमा कार्यरत इन्डोनेसियाकी राजदूत लिस्टियोवातीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेकी छिन्

काठमाडौँ, २८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो स्थायी केन्द्रीय कार्यालय निर्माणका लागि घर तथा जग्गा खरिदका लागि