कांग्रेस १५औँ महाधिवेशन: उमेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौँ, २० असोज । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत आज उमेदवारको नाम फिर्ता तथा उमेदवारी सच्याउन निवेदन दिन सकिनेछ । 

मंगलबार मनोनयन दर्ता गरेका उमेदवारले आज उमेदवारी फिर्ता लिन चाहेमा फिर्ता गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । उमेदवारको नाम फिर्ता र उमेदवारी सच्याउन बिहान ९ बजेसम्मको समय तोकिएको छ । उमेदवारको अन्तिम नामावली प्रकाशन बिहान १० बजे गर्ने पूर्वनिर्धारित समयतालिका छ । उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि आज दिनभर उमेदवारले आफ्नो प्रचार गर्न पाउनेछन् । 

मतदान भोलि हुनेछ । भोलि बिहान साढे ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, २० असोज । रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३/८४ मा

काठमाडौँ, २० असोज । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय