हुथी–सरकारी सेनाबीच भीषण झडपमा २७० भन्दा बढीको मृत्यु

एजेन्सी, २१ असोज । यमनमा जारी झडपका क्रममा पछिल्लो २४ घण्टामा सरकारी सेनाका जवान र इरानसमर्थित हुथी विद्रोही गरी २७० भन्दा बढीको मृत्यु भएको दुवै पक्षका स्रोतले मङ्गलबार एएफपीलाई बताएका छन् ।

साउदी अरबको समर्थन प्राप्त अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारले गत महिना हुथी विद्रोहीले कब्जा गरेका क्षेत्र पुनः आफ्नो नियन्त्रणमा लिन प्रत्याक्रमण सुरु गरेपछि देशमा लडाइँ तीव्र बनेको हो ।

सरकारी स्रोतले नाम नखुलाउने सर्तमा एएफपीलाई बताएअनुसार पछिल्लो २४ घण्टामा ११५ सैनिकको मृत्यु भएको छ । झडप तथा हुथी विद्रोहीले गरेका क्षेप्यास्त्र र ड्रोन आक्रमणमा दर्जनौँ अन्य सैनिक घाइते भएका छन् ।

हिंसाको मुख्य केन्द्र यमनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको छ । यो क्षेत्र विश्वव्यापी ऊर्जा आपूर्तिका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘बाब अल–मान्दब जलसन्धि’ आसपास पर्छ ।

यसैबिच, हुथी सैन्य स्रोतले एएफपीलाई बताएअनुसार पछिल्लो एक दिनमा उनीहरूका १६० लडाकु मारिएका छन् । स्रोतका अनुसार तीमध्ये अधिकांशको मृत्यु हुथीको नियन्त्रणमा रहेका क्षेत्रमा साउदी अरबले गरेको हवाई आक्रमणमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । हुम्लाको दक्षिणी क्षेत्रमा भारी वर्षा भएको छ भने उत्तरी नाम्खा गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ

काठमाडौँ, १४ कार्तिक । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोट सहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौँ, १४ कार्तिक । वर्षासँगै पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र बेनी–दरवाङ सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।  जिल्ला प्रशासन कार्यालयका

डोल्पा, १४ कार्तिक । जिल्ला कारागार डोल्पाबाट ८ जना कैदी सुरुङ खनेर भागेका छन् । ‎‎गएराति उनीहरू सुरुङ खनेर भागेको