एमसिसीको प्रसारण लाइनबाट नेपाल–भारत विद्युत् आदानप्रदानको तयारी

परासी, २१ असोज । एमसिसी अन्तर्गत मिलेनियम च्यालेज अकाउन्ट (एमसिए)  नेपाल अन्तर्गत निर्माण भइरहेको चार सय केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइनमार्फत आगामी डिसेम्बरदेखि नेपाल र भारतबिच दुई सय केभी विद्युत् आदानप्रदान गर्ने तयारी गरिएको छ ।

पूर्ण क्षमताको चार सय केभी सबस्टेसन निर्माण सम्पन्न हुन अझै समय लाग्ने भएकाले हाल सञ्चालनमा रहेको दुई सय केभी प्रणालीमार्फत विद्युत् आदानप्रदान सुरु गर्न लागिएको हो । नेपालतर्फ नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित न्यु बुटवल सबस्टेसनदेखि भारतीय सीमासम्मको १८ किलोमिटर प्रसारण लाइनको टावर तथा तार जडान सम्पन्न भइसकेको छ । भारततर्फ सीमादेखि गोरखपुरसम्मको करिब ९६ किलोमिटर खण्डमा टावर तथा प्रसारण लाइन निर्माण तीव्र गतिमा भइरहेको छ । गोरखपुरमा भने चार सय केभी सबस्टेसनको आवश्यक पूर्वाधार तयार भइसकेको बताइएको छ ।

नेपाल विद्युत् प्राधिकरण, न्यु बुटवल सबस्टेसनका आयोजना प्रमुख विश्वरञ्जन मिश्रका अनुसार नेपालतर्फ निर्माण भइरहेको चार सय केभी सबस्टेसन सन् २०२७ को डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसअघि न्यु बुटवल सबस्टेसनमा तयारी अवस्थामा रहेको दुई सय केभी प्रणालीलाई भारततर्फको प्रसारण लाइनसँग जोडेर विद्युत् आदानप्रदान सुरु गरिने छ ।

मिश्रले भन्नुभयो, “समग्र आयोजना चान सय केभी क्षमताको हो तर चार सय केभी सबस्टेसन निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि दुई सय केभी प्रणालीबाट विद्युत् प्रवाह गर्ने तयारी गरिएको हो । दुवै देशबीच आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया पूरा भएपछि विद्युत् आदानप्रदान सुरु हुने छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ

काठमाडौँ, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार

काठमाडौँ, २० असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अङ्कले बढेर