नाइजेरियामा विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु

एजेन्सी, २१ असोज । नाइजेरियाको दक्षिणी ओन्डो राज्यमा नाइजेरियाली वायुसेनाको विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ ।

वायुसेनाका अनुसार एटीआर–४२ विमानमा २० यात्रु र चालक दलका पाँच सदस्य थिए । विमान देशको आर्थिक राजधानी लागोसका लागि नियमित उडानमा थियो ।

विमान उडेको केही समयपछि राडारबाट सम्पर्कविहीन भएको थियो । खोजीका क्रममा यसको भग्नावशेष ओन्डो राज्यको नदी किनारमा रहेको इग्बोकाडा सहरस्थित नौसैनिक अड्डानजिकै फेला परेको अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाका नागरिक उड्डयनमन्त्री फेस्टस केयामोले सुरुमा विमानमा ३२ जना सवार रहेको बताएका थिए । तर, पछि वायुसेनाले यात्रु र चालक दलसहित २५ जना मात्रै विमानमा रहेको जनाएको थियो । 

नाइजेरियाली वायुसेनाले दुर्घटनाको कारण र परिस्थितिबारे अनुसन्धान गर्न आदेश दिएको छ । दुर्घटनापछि राष्ट्रपति बोला टिनुबुले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन् । डीडब्ल्यू

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सुनसरीको हरिनगर गाउँपालिकामा छठ पूजास्थल तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका