संवेदनशील सूचना चुहाउने कसैलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौँ, २० असोज । गृहमन्त्री सुधन गुरुङले आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने जोकसैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । 

आज सामाजिक सञ्जालमा लेख्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत रहेर राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थालाई चुहाउने पदाधिकारी तथा कर्मचारीहरूमाथि मन्त्रालय कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् । 

आफ्नो पदीय हैसियतको दुरुपयोग गर्दै सूचना बाहिर लैजाने प्रवृत्ति लामो समयदेखि देखिएको भन्दै मन्त्रालयले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने र कडा कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् । 

उनले लेखेका छन्, “गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,” । 

उनले राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभएको बताए । “राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,” उनले लेखेका छन्, “यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ ।”  

राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकैले उन्मुक्ति नपाउने उनको भनाइ छ । त्यस्ता व्यक्तिलाई कानुनी कठघरामा ल्याइने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा ५४०.४७ मेगावाट

अमेरिका, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय

काठमाडौँ, २० असोज । काठमाडौँको खुलामञ्चमा आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति

काठमाडौँ, १९ असोज । आज बसेको मन्त्रिपरषद् बैठकका निर्णयहरु सार्वजनिक भएको छ । आज बसेको मन्त्रिपरषद् बैठकका उक्त निर्णय सरकारका प्रवक्ता