ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

काठमाडौँ, १६ असोज । अछाममा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय कृतसिंह घर्तीमगर रहेका छन् ।पञ्चदेवल विनायक नगरपालिका–७ स्थित कच्ची सडकखण्डमा बुधबार राति उनी ट्याक्टरको ट्रलीबाट खसेका थिए ।

सामान लोड भएको कर्णाली प्रदेश ०२–००१ त ०२३१ नम्बरको ट्याक्टर उकालो सडकमा गुडिरहेका बेला उनी अचानक खस्न पुग्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि ट्याक्टर चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ असोज । रौतहटको गौर भन्सार कार्यालय अगाडिबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ असोज । सिराहाको औरही गाउँपालिका-१ दरैया क्षेत्रबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले एकसय १० किलो ७६० ग्राम गाँजासहित

काठमाडौँ, १७ असोज । लमजुङ बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेसीसहर–चामे सडक सञ्चालनमा आएको छ । डुम्रे–बेसीसहर–चामे सडक आयोजनाका सूचना अधिकारी

काठमाडौँ, १७ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ