पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार निसीखोला गाउँपालिका- ३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको हो ।

घरमाथिबाट अकस्मात खसेको पहिरोले घर पुरिँदा ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरू १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विक रहेको प्रहरीले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार आज बिहान ४/५ बजेको समयमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो ।

सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोर पहिरोमा परेको छ । उनका अनुसार खोरमा २५ वटा बाख्रा रहेकोमा ८ वटालाई पहिरोले बगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक साताभित्र व्यावसायिक जहाजका लागि होर्मुज जलमार्ग पुनः खोल्ने इरानी प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी अखबार द वाल स्ट्रिट

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

एजेन्सी, १० असोज । श्रीलङ्काले सन् २०२६ मा सार्वजनिक सेवामा एक लाख २० हजारभन्दा बढी व्यक्ति भर्ना गर्ने कार्यक्रम सुरु गरेको