क्यानडामा हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

एजेन्सी, ११ असोज । क्यानडाको क्युबेक प्रान्तमा शनिबार हेलिकोप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

मोन्ट्रियलबाट करिब ५५ किलोमिटर दक्षिणपूर्वमा रहेको सेन्ट–ब्रिजिड–ड’इबर्भिल क्षेत्रमा दिउँसो करिब २ः३० बजे दुर्घटनाको सूचना प्रहरीले प्राप्त गरेको थियो ।

दुर्घटनापछि हेलिकोप्टरमा आगलागी भएको थियो। घटनास्थलमा पुगेका उद्धारकर्मीले करिब एक घण्टाभित्र आगो नियन्त्रणमा लिएका थिए। हेलिकोप्टरमा सवार चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार उडान भरेको केही समयमै हेलिकोप्टरमा आकस्मिक समस्या उत्पन्न भएको थियो। त्यसपछि हेलिकोप्टर दुर्घटनामा परेको उनीहरूले बताए।

प्रहरीले दुर्घटनामा परेको हेलिकोप्टरको स्वामित्व, त्यसको प्रस्थान तथा गन्तव्यस्थल र मृतकहरूको पहिचानबारे हालसम्म जानकारी सार्वजनिक गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ९ कार्तिक । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन्

एजेन्सी, ८ कार्तिक । इजरायलले आगामी अक्टोबर २७ मा हुने निर्वाचनका दिन वेस्ट बैंकसँग जोडिएका सबै स्थल मार्ग बन्द गर्ने घोषणा

एजेन्सी, ८ कार्तिक । म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२

एजेन्सी, ८ कार्तिक । अमेरिकाको फ्लोरिडा राज्यस्थित टालाहासीमा विश्वविद्यालयको रंगशालानजिक गोली चल्दा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६