ट्रम्पद्वारा इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार

एजेन्सी, १० असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले राखेको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका छन् ।

अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलको एक रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले इरानले दिएको युद्धविरामको प्रस्ताव अस्वीकार गरेका हुन् ।

रिपोर्टका अनुसार ट्रम्पले अमेरिकामा मध्यावधि निर्वाचन सम्पन्न भएपछि इरानविरुद्ध हवाई आक्रमण पुन: सुरु गर्न चाहेका छन् ।

इरानी अधिकारीहरूले अमेरिका समक्ष तनाव कम गर्न र होर्मुज स्ट्रेट पुन: खोल्ने प्रस्ताव पठाएको समयमा उक्त रिपोर्ट सार्वजनिक भएको हो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अमेरिकाले सम्झौतामा तय गरिएका आवश्यक सर्तहरू पूरा गरेपछि मात्रै होर्मुज स्ट्रेट खोल्ने प्रक्रिया सुरु हुने बताएका थिए ।

यसै साता ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्कीसमेत दिएका थिए । यद्यपि, पछि उनले अमेरिकी प्रतिनिधिहरूको इरानसँग ‘राम्रो कुराकानी’ भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ कार्तिक । अमेरिकी एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा द वाल स्ट्रिट जर्नलविरुद्ध दायर १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा खारेज

एजेन्सी, १५ कार्तिक । जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र

एजेन्सी, १४ कार्तिक । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई