पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु राज्यको गम्भीर त्रुटि : प्रभु साह

काठमाडौँ, ११ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन् ।

आज उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय भएको बताएका हुन् ।

उनले राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित नरहेको अवस्था देखिनु र कानुनी प्रक्रियासमेत मिचिने हो भने सर्वसाधारण नागरिकको सुरक्षाको अवस्था झन् गम्भीर बन्ने प्रश्न उठाएका छन् ।

उनले लेखेका छन्, ‘सुरक्षाको बहाना बनाएर पूर्वप्रधानन्यायाधीशलाई नियन्त्रणमा लिनु गम्भीर चिन्ताको विषय हो । आज राज्यका विशिष्ट व्यक्तित्वहरू नै सुरक्षित छैनन् र कानुनी प्रक्रिया यसरी मिचिन्छ भने भोलि सर्वसाधारणको अवस्था के होला ?,’ । 

साहले यस्तो कार्यलाई आफूले गैरकानुनी र स्वेच्छाचारी कार्यका रूपमा लिएको उल्लेख गर्दै त्यसको विरोध गर्न आग्रह गरेका छन् । उनले नागरिकलाई कानुनी शासनको पक्षमा आवाज बुलन्द गर्नसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ

काठमाडौँ, ८ कार्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा

काठमाडौँ, ८ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका हिमाली

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ