चीनद्वारा देशबाहिर जाने र भित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू

एजेन्सी, १० असोज । चीनले गत साता देशबाहिर जाने र देशभित्र प्रवेश गर्ने विषयसँग सम्बन्धित नयाँ नियम लागू गरेको छ ।

यी नियमअन्तर्गत चिनियाँ अधिकारीहरूले इन्जिनियर, स्टार्टअप संस्थापक तथा अन्य विशेषज्ञलाई विदेश जानबाट रोक्न सक्छन् । 

विशेषगरी ब्याट्री, दुर्लभ खनिज वा कृत्रिम बौद्धिकता (एआई)सँग सम्बन्धित उनीहरूको विशेषज्ञतालाई ‘औद्योगिक तथा प्राविधिक सुरक्षा’का लागि जोखिम मानिएमा यस्तो रोक लगाउन सकिने चीनले बताएको छ । 

पछिल्ला दिनमा चीनले विदेशमा गरिने लगानीसम्बन्धी नियमसमेत कडा बनाएको छ । विदेशमा सम्पत्ति राख्ने चिनियाँ नागरिकमाथि निगरानी बढाउनुका साथै प्रविधि क्षेत्रका कर्मचारीलाई विदेश पठाउने विषयमा पनि प्रतिबन्ध कडा पारिएको छ ।

यी सबै प्रतिबन्धलाई एकै ठाउँमा राखेर विश्लेषण गर्दा चीनको अर्थतन्त्रको वास्तविक अवस्थाको दुर्लभ झलक देखिने विश्लेषकहरूले बताएका छन् । यी कडा कदमले चीन आर्थिक कमजोरी र देशबाट ठूलो मात्रामा पुँजी बाहिरिने विषयलाई लिएर चिन्तित रहेको स्पष्ट हुने उनीहरूको भनाइ छ । 
यसबाट चिनियाँ प्रशासन उद्यमी तथा शिक्षित र दक्ष जनशक्तिलाई देश छाड्नबाट रोक्न प्रयासरत रहेको देखिएको बताइएको छ ।

चीनको अर्थतन्त्रमाथि दबाब बढ्दै गएको विश्लेषण गरिए पनि विशेषगरी उच्च प्रविधिका सामानको निर्यात माग अझै बलियो देखिएको छ । तर घरजग्गा बजारमा आएको ठूलो गिरावटले घरेलु खपतलाई प्रभावित गरेको बताइएको छ । गर्मीयाममा बैंकबाट प्रवाह हुने कर्जाको दरमा गिरावट आएको थियो भने अगस्टमा नयाँ कारको बिक्री अघिल्लो वर्षको तुलनामा करिब एक चौथाइ कम रहेको देखिएको छ ।

यही पृष्ठभूमिमा मानिस र पुँजी बाहिरिने विषयमा पनि चीनको चिन्ता बढेको बताइएको छ । यसको पछिल्लो प्रमुख उदाहरण एआई स्टार्टअप ‘मानुस’ हो ।
बेइजिङमा दुई चिनियाँ नागरिकले स्थापना गरेको यो कम्पनीले गत वर्ष आफ्नो मुख्यालय सिंगापुर सारेको थियो । अमेरिकी लगानीसम्बन्धी प्रतिबन्धबाट बच्न र विश्व बजारमा विस्तार गर्न कम्पनीले यस्तो निर्णय गरेको थियो ।

फेसबुकको माउ कम्पनी मेटाले गत डिसेम्बरमा मानुसलाई २ अर्ब डलरमा खरिद गर्ने प्रयास गरेपछि बेइजिङले उक्त सम्झौतामा रोक लगाएको थियो । कम्पनीका दुवै संस्थापकलाई देश छाड्ने उडानमा समेत प्रतिबन्ध लगाइएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम

हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय