हिमालय क्षेत्रमा भूउपग्रह सूचना र विज्ञता साझा गर्नुपर्छ: प्रधानमन्त्री शाह

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री बालेन शाहले नेपालले जलवायुका सम्बन्धमा सबैले आफ्ना दायित्व पुरा गरुन् भन्ने चाहेको बताएका छन् ।

राष्ट्रसंघको ८१ औँ महासभामा सम्बोधन गर्दै उनले विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय नबनाउने बताए । नेपालमा विपद्‌का कारण १४ सय बढी ज्यान गुमाएको सन्दर्भ उल्लेख गर्दै हिमालय क्षेत्र तनावको नभएर त्यसले पुर्‍याउनसक्ने क्षति रोक्ने साझा प्रयोगशाला हुनुपर्ने बताए । हिमालय क्षेत्रमा भूउपग्रह सूचना, र विज्ञता साझा गर्नुपर्ने उनले बताए । 

सम्बोधनका क्रममा उनले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको बताए । हिमनदी पग्लिनु, पहाडी ढलान अस्थिर हुनु र नदीको प्रवाह अनिश्चित बन्नुले विकासका उपलब्धि नै जोखिममा परेको उनको भनाइ थियो ।

उनले नेपाल बहुपक्षीयताप्रति प्रतिबद्ध रहेको बताउँदै साना तथा विकासशील मुलुकको आवाज अन्तर्राष्ट्रिय निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सुनिनुपर्नेमा जोड दिए । जलवायु न्याय आर्थिक सहयोगमा मात्र सीमित नभई कसले क्षतिको लागत बेहोर्ने र निर्णय प्रक्रियामा कसको आवाज रहने भन्ने विषयसँग पनि जोडिएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ । प्राप्त पछिल्लो

काठमाडौँ, १० असोज । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर

काठमाडौँ, १० असोज । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट चितवन र दरमखोला वामिटक्सार, बागलुङ

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् । आज