एसियन गेम्स क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने

काठमाडौँ, १० असोज । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग खेल्ने भएको छ ।

समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको नेपालले श्रीलंकासँग खेल्ने भएको हो । शुक्रबार जापानसँगको समूह चरणको अन्तिम खेल वर्षाका कारण नतिजाविहीन भएपछि दुवै टोलीले १–१ अंक बाँडे । त्यससँगै नेपालले दुई खेलबाट ३ अंक जोड्दै समूह विजेताको रूपमा अन्तिम आठमा स्थान बनायो ।

नेपालले अब क्वाटरफाइनलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । समूह उपविजेता अफगानिस्तानले भने भारतको सामना गर्नेछ ।

नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल मंगलबार बिहान पौने ६ बजेदेखि सुरु हुनेछ । नेपालले १९औं एसियन गेम्सको क्वाटरफाइनलमा भारतसँग खेलेको थियो जहाँ पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम

हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय