पहिरोका कारण कर्णालीका पाँच सडकखण्ड अवरुद्ध

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् ।

आज बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण छेडा–थलह सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ । वर्षा भइरहेकाले सडक खुलाउने क्रममा थप पहिरो खस्ने जोखिम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असोज । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ । प्राप्त पछिल्लो

काठमाडौँ, १० असोज । रुपन्देहीमा प्रहरीले भन्सार छली गरेर ल्याइएका ६ लाख बढी मूल्यका सामान बरामद गरेको छ । जिल्लाको सिद्धार्थनगर

काठमाडौँ, १० असोज । नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । नारायणी नदी देवघाट चितवन र दरमखोला वामिटक्सार, बागलुङ

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् । आज