पहिरोका कारण कर्णालीका पाँच सडकखण्ड अवरुद्ध

काठमाडौँ, १० असोज । लगातारको वर्षापछि आएको पहिरोका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका पाँच सडकखण्ड अवरुद्ध भएका छन् ।

आज बिहानसम्म दैलेख, कालिकोट, हुम्ला, मुगु र जाजरकोटका सडकखण्डमा पहिरो खसेपछि यातायात प्रभावित भएको हो । दैलेख–कालिकोट सडकखण्डअन्तर्गत गगने खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा माथिबाट लेदोसहितको पहिरो खसेपछि कर्णाली राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगाड–खच्चा क्षेत्रमा पहिरो खसेपछि सडक बन्द भएको छ । पहिरोका कारण उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन ।

मुगुको नाग्मा–गमगढी सडकखण्डअन्तर्गत रारा जाने मार्गको झारीखोलामा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरस्थित छेडाथलह भित्री सडकखण्डमा माथिबाट ढुंगा र लेदोसहितको पहिरो खसेको छ । पहिरोका कारण छेडा–थलह सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार अवरुद्ध सडकखण्डमा पहिरो हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको छ । वर्षा भइरहेकाले सडक खुलाउने क्रममा थप पहिरो खस्ने जोखिम समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र