कोशी ब्यारेजको ४३ वटा ढोका खोलिए

काठमाडौँ, १० असोज । सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि कोशी ब्यारेजमा स्थिति खतराको तहभन्दा माथि पुगेको छ ।

प्राप्त पछिल्लो विवरणअनुसार कोशी ब्यारेजमा पानीको बहाव ३,१६,७९५ (तीन लाख १६ हजार सात सय ९५) क्यूसेक पुगेको छ।

अविरल वर्षाका कारण जलसतह अझै बढ्दो क्रममा रहेकाले ब्यारेज प्रशासनले स्थितिलाई अति जोखिमपूर्ण घोषणा गर्दै उच्च सतर्कता अपनाएको छ ।

पानीको सतह निरन्तर बढेपछि जलप्रवाहलाई नियन्त्रण र सुरक्षित गर्नका लागि कोशी ब्यारेजका कुल ५६ ढोकामध्ये ४३ वटा ढोका खोलिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सिन्धुली, १० असोज। नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनअन्तर्गत सिन्धुली क्षेत्र नं. १ बाट युवा तर्फ प्रदेश महाधिवेशन प्रतिनिधि पदमा कमलामाई

काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले विकासशील मुलुकहरूको विश्व आर्थिक शासन व्यवस्थामा आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा

काठमाडौँ, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सबै सात गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ । जिल्ला सभापति मोहनविक्रम

हेटौँडा, १० असोज । भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्र्तगत मकवानपुर जिल्लामा शनिबारका लागि तय