हेर्नुहोस गाँजर खानुका फाइदा

काठमाडौं, १९ पौष । गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,एन्टी अक्सिडेन्ट हुन्छ । गाजरले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउँछ  ।

गाँजर खानुका फाइदा :

१. गाँजर खानाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ ।

२. गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ ।

३. गाँजरमा प्रशस्त मात्रामा भिटामिन इ हुन्छ । जसले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।

४. गाँजरमा हुने क्याल्सियमले महिला तथा बालबलिकाको हड्डीको विकासमा सहयोग गर्छ ।

५. गाँजर नियमित सेवनले छाला चाउरी पर्ने, सुख्खा हुने, धब्बा देखिने लगायतका समस्या कम हुन्छन् ।

६. गाँजरमा भएको भिटामिन ए, एन्टिअक्सिडेन्ट लगायतका तत्वले छालालाई घामबाट बचाउँछ ।

७. गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ ।

८. गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ ।

९. चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।

१०. जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित