काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
आज जेन-जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन-जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सुनिल लम्सालले हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
यस अघिको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी शहीदहरूको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।





