बाढी प्रभावित व्यवसायीलाई सरकारद्वारा राहत तथा सहुलियत प्याकेजको घोषणा

काठमाडौँ, २१ भदौ । विनाशकारी बाढीका कारण आर्थिक क्षति व्यहोरेका उद्योगी, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सरकारले राहत तथा सहुलियत प्याकेजको घोषणा गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यस प्याकेजले व्यवसायीलाई भन्सार, कर, कर्जा र बीमाका क्षेत्रमा सुविधा प्रदान गरिने छ ।

सरकारले ल्याएको पहिलो चरणको प्याकेज अनुसार बाढीले बगाएका वा मर्मत हुनै नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक सवारी, ढुवानीका साधन, प्लाण्ट र मेशिनरी पुनः आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल मिनाहा गरिनेछ ।

भन्सार तिरिसकेपछि बाटोमै बाढीले नष्ट पारेका सामानको हकमा ६ महिनाभित्र पुनः आयात गर्दा पहिले तिरिसकेको महसुल बराबरको रकम समायोजन गर्न पाइनेछ । बाढीबाट प्रत्यक्ष प्रभावित भई साना करदाताका रूपमा रहेका व्यवसायीलाई आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट दिइएको छ ।

भदौ र असोज महिनाभित्र बुझाउनुपर्ने भ्याट, आयकर र अन्तःशुल्क विवरण तथा कर रकम २०८३ कात्तिक २५ गतेसम्म बुझाउन पाउने गरी समय थपिएको छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरी सम्पत्ति कर, व्यवसाय कर र नक्सापास दस्तुरमा समेत छुट दिने व्यवस्था मिलाइने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को दुई महिने राष्ट्रिय  जागरण अभियान आजदेखि सञ्चालन हुने भएको छ । यस्ता

चितवन, ७ कार्तिक । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भरतपुर र माडीका विभिन्न स्थानमा पुगेर स्थानीयवासीका समस्या तथा

काठमाडौँ, ६ कार्तिक । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपाको कोर टिमले प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल

अर्घाखाँची, ६ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक गुणस्तर सुधारका लागि पूर्वविद्यार्थीहरूको योगदान