‘फर्की फर्की : बियोन्ड टाइम’मा अनमोल केसी

काठमाडौँ, २१ भदौ । अनमोल केसी स्टारर सन् २०२४ को फिल्म ‘फर्की फर्की’ व्यवसायिक र समीक्षात्मक दुबै पक्षमा सफल थियो । यो फिल्मले त्यतिबेला केसीको करिअरलाई राहत दिएको थियो ।

‘सोसल ड्रामा’ फिल्मको बाढी आइरहँदा निर्देशक सुयोग गुरुङले साइन्स फिक्सन अवधारणामा फिल्म बनाएर दर्शकको मन जितेका थिए । निर्माताले त्यतिबेलै दोस्रो श्रृंखला ल्याउने घोषणा पनि गरिसकेका थिए ।

अब भने यो फिल्मको दोस्रो श्रृंखला बन्ने पक्का भएको छ । निर्माताले शीर्ष भूमिकामा केसीलाई निरन्तरता दिँदै दोस्रो श्रृंखला ‘फर्की फर्की ः बियोन्ड टाइम’ बनाउने घोषणा गरेका छन् ।

निर्माता रोहित अधिकारीले उपलब्ध गराएको विवरण र तस्वीर हेर्दा यो फिल्ममा केही दिनअघि अभिनेता केसी अनुबन्धित भैसकेका छन् । २०८४ सालमा छायांकनमा जाने तयारीमा रहेको यो फिल्म रोहित अधिकारी फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको हो भने शोभा ढकाल निर्मात्री हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र