जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता : मन्त्री लम्साल

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका आन्दोलनले महत्त्वपूर्ण राजनीतिक तथा सामाजिक परिवर्तन ल्याएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संस्थागत गर्दै जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । 

आज जेन-जी शहीदहरूको योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले निर्माण गर्न लागिएको मेमोरियल पार्ककोे सरकार र जेन-जी सहिद परिवारबाट संयुक्त रुपमा शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री सुनिल लम्सालले हजारौँ सपना र बलिदानबाट प्राप्त अवसरलाई खेर जान नदिए सुशासन, विकास र समृद्धिको बाटोमा देशलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

यस अघिको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेन-जी शहीदहरूको सम्झनामा पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी)मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण आफ्नो वेबसाइटलगायत सेवाहरू अस्थायी

काठमाडौँ, ६ कार्तिक । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको ‘हानि-नोक्सानी कोष’ ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २

काठमाडौँ, ६ कार्तिक । बडादसैँ अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ, ६ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मौसम