बाढी प्रभावित व्यवसायीलाई सरकारद्वारा राहत तथा सहुलियत प्याकेजको घोषणा

काठमाडौँ, २१ भदौ । विनाशकारी बाढीका कारण आर्थिक क्षति व्यहोरेका उद्योगी, व्यापारी तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सरकारले राहत तथा सहुलियत प्याकेजको घोषणा गरेको छ ।

अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको यस प्याकेजले व्यवसायीलाई भन्सार, कर, कर्जा र बीमाका क्षेत्रमा सुविधा प्रदान गरिने छ ।

सरकारले ल्याएको पहिलो चरणको प्याकेज अनुसार बाढीले बगाएका वा मर्मत हुनै नसक्ने गरी क्षतिग्रस्त भएका व्यावसायिक सवारी, ढुवानीका साधन, प्लाण्ट र मेशिनरी पुनः आयात गर्दा लाग्ने सम्पूर्ण भन्सार महसुल मिनाहा गरिनेछ ।

भन्सार तिरिसकेपछि बाटोमै बाढीले नष्ट पारेका सामानको हकमा ६ महिनाभित्र पुनः आयात गर्दा पहिले तिरिसकेको महसुल बराबरको रकम समायोजन गर्न पाइनेछ । बाढीबाट प्रत्यक्ष प्रभावित भई साना करदाताका रूपमा रहेका व्यवसायीलाई आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट दिइएको छ ।

भदौ र असोज महिनाभित्र बुझाउनुपर्ने भ्याट, आयकर र अन्तःशुल्क विवरण तथा कर रकम २०८३ कात्तिक २५ गतेसम्म बुझाउन पाउने गरी समय थपिएको छ । प्रदेश र स्थानीय तहसँग समन्वय गरी सम्पत्ति कर, व्यवसाय कर र नक्सापास दस्तुरमा समेत छुट दिने व्यवस्था मिलाइने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ भदौ । भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले नेपालमा विगतमा विभिन्न समुदाय, वर्ग र क्षेत्रका अधिकार प्राप्तिका लागि भएका

काठमाडौँ, २१ भदौ । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा संसद् भवन परिसरमा निर्माण गर्न लागिएको जेन-जी मेमोरियल पार्कको शिलान्यास

काठमाडौँ, २१ भदौ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः ७ दिन

काठमाडौँ, २१ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जनताको दैनिक जीवनमा सहजता ल्याउने साना देखिने तर महत्त्वपूर्ण पूर्वाधार