कर्मचारीमाथि दबाब दिनु हुँदैन :  पूर्वप्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २० भदौ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारीलाई अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार बनाउने नाममा उनीहरूमाथि कुनै किसिमको जबरजस्ती वा दबाब दिन नहुने बताएका छन् ।

निजामती सेवा दिवस–२०८३ को अवसरमा शनिबार काठमाडौँमा आयोजित निजामती कर्मचारी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीले संविधान र कानुनको सीमाभित्र रहेर निष्पक्ष, जिम्मेवार र जनमुखी ढङ्गले काम गर्नुपर्नेमा जोड दिए ।

उनले देशको वर्तमान अवस्थाप्रति सङ्केत गर्दै अहिले सबैका लागि राष्ट्र नै सर्वोपरि रहेको बताए । राष्ट्र, जनता र लोकतन्त्रप्रतिको प्रतिबद्धता हरेक व्यक्ति र संस्थामा आवश्यक रहेको उल्लेख गर्दै उनले राज्यका सबै संयन्त्रले संविधान, कानुन र जनताको हितलाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ । जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन स्विट्जरल्यान्डले

काठमाडौँ, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) दशौं दिनसम्म पनि सुरुङबाट सकुशल उद्धार हुनुले समयमै उद्धार

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित