दुई नागरिकको जीवितै उद्धार

नुवाकोट, २० भदौ । विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा आज दुई जना नागरिकलाई जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएकामा अपर त्रिशूली १ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका एक विदेशी नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेनाले शनिबार ती विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिएको हो ।

त्यस्तै नुवाकोटको बेत्रावतीमा त्रिशूलीको विनाशकारी बाढीले घर पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् । बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरमा पुरिएकी उनलाई शनिबार प्रहरीले उद्धार गरेको हो । 

नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको अवस्थामा रहेको घरभित्रबाट मानिसको आवाज आएको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले उत्खनन गर्दा श्रेष्ठलाई जीवितै फेला पारेको हो।  ती महिलालाई तत्काल उपचारका लागि स्वास्थ्य संस्था लगिएको छ।

यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका २ जनाको जीवितै उद्धार भएको थियो । सुरुङ भित्रबाट सञ्जय साह र कविर महर्जनको जीवित उद्धार गरिएको थियो । योसँगै जीवितै उद्धार हुनेको संख्या ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु

काठमाडौँ, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसार मुक्त समाज निर्माणका लागि सङ्घ, प्रदेश र स्थानीय तहसहित

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा

काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत