मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सुर्खेत, २० भदौ । वीरेन्द्रनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बराहताल गाउँपालिका—४ तरङ्गाका १९ वर्षीय जीवनबहादुर शाहीको मृत्यु भएको छ ।

गएराति ११ बजे वीरेन्द्रनगर नगरपालिका—९, पिपलडाँडा स्थित लाटिकोईली चोकबाट मंगलगढी चोकतर्फ आउँदै गरेको क.प्र.०२००२ प १३९९ नम्बरको उनको मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाईडरमा ठोक्किएको थियो । घाइते उनको न्युरो अस्पताल नेपालगन्जमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, ६ कार्तिक । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।