प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० भदौ ।  रसुवाका बाढी प्रभावितका लागि सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु

काठमाडौँ, २० भदौ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ

काठमाडौँ, २० भदौ । सन् २०२६ को अगस्टमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्यामा कमी आएको छ । ०२५ अगस्टको तुलनामा

काठमाडौँ, २० भदौ । अति कम विकसित देशहरूको समूह (एलडीसी) ले भोटेकोशी बाढीप्रति धनी एवं विकसित देशहरूको गम्भीर ध्यानाकर्षण गराउँदै हानि–नोक्सानीबापत