काठमाडौँ, १८ भदौ । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तान छन् । उनलाई जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो ।
सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल सुन्धारा काठमाडौँमा कैद भुक्तान गरिरहेकोमा २०८२ भदौ २४ गतेको आन्दोलनमा भागी फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ कीर्तिपुर नगरपालिका ३ बाट पक्राउ गरेको हो ।
उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौँ पठाइएको छ ।






