फिल्म ‘पेन्सन पट्टा’ सेन्सर पास

काठमाडौँ, १८ भदौ । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ ले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल (यु) प्रमाणीकरण पाएको छ ।

२ घण्टा ८ मिनेटको फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न पाउने छन् । भदौ २६ गतेदेखि प्रदर्शनमा आउने फिल्मले लाहुरे जीवनसँग जोडिएको पेन्सन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र सामाजिक संरचनालाई कथाको केन्द्रमा राखेको छ ।

बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडिने लाहुरे जीवनभित्रका पारिवारिक उतारचढाव र भावनात्मक सङ्घर्षलाई फिल्मले उजागर गर्ने प्रयास गरेको छ ।

फिल्ममा दयाहाङसँगै गौमाया गुरुङ, विल्सनविक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मलाई आरआर फिल्म्स मार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले देशभर वितरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ असोज । कालीमाटी तरकारी बजारमा भित्रिएको काँक्रोमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास

काठमाडौँ, १९ असोज । धनुषामा एक विवाहित महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा

काठमाडौँ, १९ असोज । सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित ट्रक

काठमाडौँ, १९ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई मजदुरको मृत्यु भएको छ