हाइसको ठक्करबाट एक किशोरीको मृत्यु

धनगढी, १८ भदौ । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको विद्युतीय हाइसले बाटो काट्ने क्रममा पैदलयात्री लम्कीचुहा नगरपालिका–८ की १५ वर्षीया स्वस्तिका न्यौपानेलाई ठक्कर दिएको थियो ।

हाइसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेकी न्यौपाने टिकापुर अस्पताल लगिएकोमा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। चालक कैलालीको गोदावरी नगरपालिका–५ का ३० वर्षीय प्रताप चौधरी प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमील्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । लेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिनाकारण पक्राउ गरिएको भन्दै

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम

काठमाडौँ, १२ असोज । सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान

काठमाडौँ, ११ असोज । समानान्तर महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले उम्मेदवार बन्नका लागि लाग्ने शुल्क निर्धारण