काठमाडौँ, १८ भदौ । स्याङ्जाको चापाकोट नगरपालिका–१ का वडाध्यक्ष भुपराज वस्तीमाथि मोबिल छ्यापेको आरोपमा सोही वडाका सदस्य सन्तोष थापा मगर पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मंगलबार दिउँसो १ बजे चापाकोट–१ को वडा कार्यालय परिसरमा वडाध्यक्ष वस्तीको शरीरमा मोबिल छ्याप्ने कार्यमा संलग्न रहेको आरोपमा ३१ वर्षीय थापा मगरलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका थापा मगर सोही वडाका वडा सदस्य समेत हुन् । उनलाई १७ भदौमा स्याङ्जा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





