भोटेकोशी बाढी अपडेट : १ हजार २५२ जनाको शव फेला

काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन् । त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ ।

खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, बाटो खुलाउने तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ ।

हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन समेत भइरहेको छ । अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना र ५९१ जना आफन्तको नमुना संकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र