काठमाडौँ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धारका क्रममा १ हजार २५२ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये ४७६ पुरुष, १२६ महिला, ४४ बालिका र ३४ बालक छन् । त्यस्तै ४२८ वटा आंशिक अंग तथा ८२ शवको पहिचान खुल्न बाँकी रहेको छ ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरीले ७ हजार ८९२ जना सुरक्षाकर्मी परिचालन गरेको छ । बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, बाटो खुलाउने तथा शव व्यवस्थापनको काम जारी रहेको प्रहरीले जनाएको छ ।
हालसम्म ७८७ शवको व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका शवको पहिचानका लागि डीएनए नमुना संकलन समेत भइरहेको छ । अहिलेसम्म १ हजार ८३ मृतकको डीएनए नमुना र ५९१ जना आफन्तको नमुना संकलन गरिएको छ ।






