मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल, ग १४ प २४१ नम्बरको मोटरसाइकल र ग १६ प ५७८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बा.प्र–०६–००८ प ३२३० नम्बरको मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रन्जन शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका अन्य २ वटा मोटरसाइकलका चालकहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । रामेछापमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरीका अनुसार उमाकुण्ड गाउँपालिका–५ पानीघाटस्थित झाडीबाट

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे

काठमाडौँ, १७ भदौ । रौतहटमा एक जना मृत फेला परेका छन् । क्षेत्र नम्बर २ का पूर्वसांसद किरण साहका बुबा हजारी

काठमाडौँ, १७ भदौ । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर