मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ, १७ भदौ । बारामा सवारी दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज जीतपुर सिमरा उपमहानगरपालिका–१६ ढुङ्ग्रे पुल नजिक सडकमा बा.प्र.०६–००८ प ३२३० नम्बरको मोटरसाइकल, ग १४ प २४१ नम्बरको मोटरसाइकल र ग १६ प ५७८१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा बा.प्र–०६–००८ प ३२३० नम्बरको मोटरसाइकलका चालक चितवन भरतपुर महानगरपालिका–१४ बस्ने ४६ वर्षीय रन्जन शर्मा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको एल एस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै दुर्घटनामा घाइते भएका अन्य २ वटा मोटरसाइकलका चालकहरूको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ७ कार्तिक । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । माधव नारायण नगरपालिका–६ माधोपुरस्थित सडकमा मानपुरबाट माधोपुरतर्फ

उदयपुर, ७ कार्तिक । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा चार जना मृतावस्थामा फेला परेका छन् । प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार मोरङको पथरी

काठमाडौँ, ७ कार्तिक । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार