सरकार तथा सरोकारवालाबीचको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता: मुख्यमन्त्री थापा

काठमाडौँ, १७ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रको वास्तविक अवस्था मूल्याङ्कन गर्दै सम्बन्धित सबै तहका सरकार र सरोकारवालाबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताउनुभएको छ।

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट क्षति पुगेका धादिङका गल्छी, बैरेनी, धादिङबेँसीलगायत विभिन्न क्षेत्रको स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै सडक तथा यातायात सञ्चालन र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयाे ।

पूर्वमुख्यमन्त्री सालिकराम जम्कट्टेल, प्रतिनिधिसभा सदस्य डा. पुष्प कँडेललगायत जनप्रतिनिधिसहित प्रभावित क्षेत्रमा पुग्नुभएका मुख्यमन्त्री थापा मगरले बाढी तथा पहिरोबाट भएको क्षति, स्थानीय अवस्था, सडक तथा पूर्वाधारमा पुगेको क्षति र तत्काल आवश्यक राहतका विषयमा जानकारी लिनुभएको थियो। स्थलगत निरीक्षणका क्रममा मुख्यमन्त्री थापा मगरले भन्नुभयो, “स्थलगत अवस्थाको वास्तविक मूल्याङ्कन र सम्बन्धित सबै तहका सरकार तथा सरोकारवालाबीचको प्रभावकारी समन्वय नै अहिलेको मुख्य आवश्यकता हो।”

उहाँले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी तत्काल राहत उपलब्ध गराउने तथा अवरुद्ध सडक र यातायात सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “प्रभावित नागरिकको आवश्यकता पहिचान गर्दै तत्कालीन राहत, सडक तथा यातायात सुचारु गर्ने कार्य र आगामी पुनर्स्थापनाका लागि आवश्यक समन्वयलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौँ,” उहाँले भन्नुभयो।

मुख्यमन्त्री थापा मगरले स्थलगत निरीक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित क्षेत्रको वास्तविक क्षतिको मूल्याङ्कन गरी आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो। निरीक्षणका क्रममा स्थानीय जनप्रतिनिधि, सम्बन्धित निकायका अधिकारी तथा स्थानीयवासीसँग बाढीपहिरोबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक सहयोगका विषयमा समेत छलफल गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्को क्षणमा उद्धार,राहत र  पुनर्स्थापनामामा जुट्नु सबैको साझा कर्तव्य

काठमाडौँ, १७ भदौ । प्रधानमन्त्री बालेन्द्र शाहले हालैको प्राकृतिक विपद्‌मा परी मृत्यु भएका १ हजार १ सय १४ जनाको शव फेला

काठमाडौँ, १७ भदौ । नेपाली कांग्रेसले रसुवा बाढीका कारण सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारले अदूरदर्शिता र अकर्मण्यता जनाएको आरोप लगाउँदै आपत्ति जनाएको

काठमाडौँ, १७ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने